Follow us: Youtube Android App
अन्तरिक्ष यात्रामा अर्बपतिहरुको दौड, बेजोसभन्दा अगाडि नै अन्तरिक्ष पुग्दै बेलायती अर्बपति
१९ असार २०७८

काठमाडौं । अर्बपतिहरुको अन्तरिक्ष यात्राको प्रतिस्पर्धा रोचक बनेको छ । बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका प्रमुख रिचार्ड ब्रान्सनले आगामी जुलाई ११ मै अन्तरिक्ष यात्रामा जाने घोषणा गरेका छन् ।

अमेजन कम्पनीका सिइओ जेफ बेजोस जुलाई २० मा अन्तरिक्ष यात्रामा जाने कार्यक्रम यसअघि नै तय भैसकेको छ । बेजोसलाई पछि पारेर आफ्नै लगानीको रकेटबाट अन्तरिक्षमा पुग्ने पहिलो अर्बपति बन्ने ध्याउन्नमा रहेका ब्रान्स बेजोसभन्दा ९ दिन अगाडि नै अन्तरिक्षमा पुग्ने योजना बनाएका हुन् ।

बुधबार एक आश्चर्यजनक घोषणा गर्दै ब्रान्सनले भर्जिन कम्पनीको रकेट प्लेटमार्फत् जुलाई ११ मा अन्तरिक्ष यात्राको प्रयास गर्ने बताए । उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘म सधै सपना देखिरहने मानिसको रुपमा रहेँ । मेरी आमाले मलाई कहिल्यै पनि हिम्मत नहार्न र नक्षत्रमा पुग्न सिकाउनुभयो । जुलाई ११ तारेख त्यो सपनालार्य यथार्थमा परिणत गर्ने दिन हो भर्जिन ग्यालाक्टिकको अर्को अन्तरिक्ष उडान मार्फत् ...

समाचार स्रोत :