Follow us: Youtube Android App
राजनीतिमा सुहाङको ‘डेब्यु’
११ चैत्र २०८०

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार बनाएसँगै सुहाङ नेम्वाङले राजनीतिमा ‘डेब्यु’ गरेका छन्।

एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङका कान्छा छोरा सुहाङ बुवाकै निर्वाचन क्षेत्रमा उठ्दै छन्।

सुवास नेम्वाङको निधन भएपछि भदौ २५ गतेदेखि रिक्त इलाम–२ मा सुहाङलाई उठाउने निर्णय एमालेले गरेको छ।  

सुहाङ अधिवक्ता पनि हुन्। बुवाकै प्रेरणाले वकालती पेसा अपनाएका उनी वैशाख १५ गते तय भएको उपनिर्वाचनमा बुवाकै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने भएका हुन्।

आइतबार (चैत्र ११) गते बसेको एमालेको सचिवालय बैठकले उनलाई उठाउने निर्णय गरेको हो ...

समाचार स्रोत :