Follow us: Youtube Android App
गल्ती गर्ने कसैलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने
११ चैत्र २०८०

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् ।

होलीको अवसरमा चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौं, कसैलाई जोगाउन लाग्नेवाला छैनौं ।’

रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताएका छन् । ‘हिजो जे वाचा गरेर भोट मागेका थियौं, एक-एक बुँदा याद गरेर बसेका छौं,’ लामिछानेले भने, ‘त्यही वाचा सम्झेर काम गर्न र जनताको गुण तिर्न सरकारमा गएका हौं ...

समाचार स्रोत :