Follow us: Youtube Android App
विद्यार्थी भिसालाई अझ कडाइ गर्दै अस्ट्रेलिया, बुझ्नैपर्ने केही परिमार्जित नियम
११ चैत्र २०८०

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले विद्यार्थी भिसालाई अझ व्यवस्थित गर्नका लागि थप कडाइ गर्ने जनाएको छ । अस्ट्रेलियाली गृहमन्त्री क्लेयर ओनिलले एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएकी हुन् ।

सरकारले गत डिसेम्बरमा नै आफ्नो अध्यागमन नीतिमा व्यापक परिमार्जनको घोषणा गरिसकेको छ । गत बिहीबार मन्त्री ओनिनले सार्वजनिक गरेको विज्ञप्तिअनुसार उच्च खतरको सूचीमा रहेका शैक्षिक संस्थालाई विद्यार्थी भर्ना गर्ने अधिकार कटौती गरिने जनाइएको छ । ‘घोस्ट कलेज वा भिसा फ्क्याट्री’ को उपनाम दिइएको त्यस्ता संस्थालाई चेतावनी दिइने र सुधारका लागि ६ महिनाको समय दिइने उल्लेख छ । यदि सुधार नआएमा उनीहरुलाई रद्द गरिनेछ ।

त्यसैगरी अध्ययनभन्दा पनि कामलाई प्राथमिकतामा राखेर अस्ट्रेलिया आउन चाहने विद्यार्थीलाई मध्यनजर राखेर नयाँ ‘जेन्विन टेस्ट’ को घोषणा गरिएको छ । जसअन्तर्त विद्यार्थीलाई आफ्नो अध्ययन, आर्थिक अवस्थालगायतको बारेमा सोधिनेछ । साथै उनीहरूले ‘जेन्विन स्टुडेन्ट’ हो भनेर घोषणा गर्नुपर्नेछ । त्यससँगै भिजिटर भिसामा अस्ट्रेलिया आउने र यताबाटै विद्यार्थी भिसा आवेदन दिने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले भिजिटर भिसामा अवधि समाप्त भएपछि थप आवेदन दिन नपाउने गरी ‘नो फर्दर स्टे’ को प्रावधानलाई बढाइने उल्लेख छ । मन्त्री ओनिलद्वारा सार्वजनिक विज्ञप्तिमा सरकारले अपनाएको कार्यशैलीका कारण आप्रवासी संख्यामा कमी आउनुका साथै गत वर्षको तुलनामा विद्यार्थी भिसा आवेदनमा ३५ प्रतिशतले कमी आएको जनाइएको छ ।

अस्ट्रेलियाले कोभिडको समाप्तिसँगै आफ्नो अध्यागमन नीतिलाई परिवर्तन गरिरहेको छ । गत डिसेम्बरमा यहाँको गृह मन्त्रालयले आफ्नो भिसा नीतिमा व्यापक फेरबदल गरेको थियो । अस्ट्रेलियाकी गृहमन्त्री ओनिलले सार्वजनिक गरेको उक्त नीतिमा विद्यार्थी भिसालाई अझ ब्यवस्थित मात्र गरिएको छैन कि अन्य भिसामा समेत परिमार्जनको घोषणा गरिएको छ ।

गृहमन्त्री ओनिलले सरकारको १० वर्षे अध्यागमन नीतिलाई सार्वजनिक गर्दै उनले यो नीतिले अस्ट्रेलियालाई आवश्यक दक्ष कामदार परिपूर्ति हुने र अध्ययनकै लागि आउने विद्यार्थीलाई सहज हुने र उनीहरूलाई शोषण हुने काम बन्द हुने बताएकी थिइन् । सरकारले जारी गरेको यो नीतिलाई यस सम्बन्धका विज्ञले समेत प्रशंसा गरेका छन् । अस्ट्रेलियाले समयअनुसार आफनो अध्यागमन नीतिलाई परिमार्जन गर्दै आएको छ ...

समाचार स्रोत :