Follow us: Youtube Android App
पर्यटन क्षेत्रका मजदुर भन्छन्– अब खेतीपाती गरौं
२६ जेठ २०७८

सनकुमार जुग्जाली र्‍याफ्टिङ गाइड हुन्। पर्यटनमा उनको संलग्नता झन्डै दुई दशकदेखि छ। लामो समयको र्‍याफ्टिङ अनुभव भए पनि पछिल्लो समय उनी पदयात्रा क्षेत्रमा पनि सक्रिय थिए। म्याग्दीको मालिका गाउँपालिका घर भएका उनी परिवारसहित पोखरामा डेरा बस्दै आएका छन्। उनकी श्रीमती पनि पदयात्रा गाइड हुन्। कोरोना कहर सुरु हुनुअघि जुग्जालीका पतिपत्नी नै पर्यटन क्षेत्रमा सक्रिय थिए। दुवैजनाको मेहनतले कमाइ पनि राम्रै थियो। तर कोरोनाका कारण एक वर्षदेखि उनको परिवार पूरै बेरोजगार बनेको छ। ‘अब कहिले काम पाइन्छ भन्ने टुंगो छैन,’ जुग्जालीले भने, ‘यस्तै अवस्था रहिरह्यो भने अबका २–३ महिनापछि घर फर्किनुको विकल्प छैन।’ जुग्जालीका अनुसार दुवैजना पर्यटन क्षेत्रमा लागेकोले पहिलेको केही आम्दानी बचत थियो। त्यही बचत रकमले अहिले घरखर्च धानेको उनले बताए।  

‘बूढाबूढी नै काममा रहेकोले केही बचत थियो। त्यो बचतले एक वर्षभन्दा बढी धानिसक्यो। अब धान्ने अवस्था छैन,’ उनले भने, ‘तत्काल काम पाउने अवस्था रहेन। अझै २–३ महिना पर्खिन्छौं, त्यो बेलासम्म पनि कामको टुंगो लागेन भने घर फर्किनुको विकल्प हुँदैन।’ एक वर्षदेखि घरमै बस्नुपर्दाको छटपटी भनिसाध्य नहुने उनले बताए।

शालिकराम तिमिल्सेना ट्रेकिङ गाइड हुन्। तिमिल्सेनाको घर पोखराकै सराङकोटमा पर्छ। पोखराको मुख्य बजारबाट उनको घर झण्डै १० किलोमिटर टाढा छ। बजारमा डेरा भए पनि तिमिल्सेनाको बसाइ प्रायः गाउँकै घरमा हुन्थ्यो, डेरामा कहिलेकहीँ मात्रै। कोरोनाको कहर सुरु भएपछि तिमिल्सेना पूर्ण रुपमा सराङकोटको पुख्र्याैली घरमै बसिरहेका छन्। उनी ६ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय थिए। ‘पर्यटनमा लागेका कारण घरको खेतबारीले स्याहारसुसार पाएको थिएन ...

समाचार स्रोत :