Follow us: Youtube Android App
जारी निषेधाज्ञामा मनोरञ्जन क्षेत्रका श्रमिक आर्थिक समस्यामा, २५ जनाले गरे आत्महत्या
२८ जेठ २०७८

डेढ महिनादेखि जारी निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरु आर्थिक समस्यामा परेका छन् ।

विश्वास नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा दिएको जानकारी अनुसार मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आयोजित कार्यक्रममा कारोनाको दोस्रो भेरियन्टका कारण जारी निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खान, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेका हुन् ।

संस्थाका अनुसार यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् ।

विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तिमा पाँचजनाको परिवार चलेको हुन्छ, करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकहरुले आत्महत्या गरेको जानकारी दिनुभयो ...

समाचार स्रोत :