Follow us: Youtube Android App
राष्ट्रियसभामा फेरियो दलीय हैसियत, माओवादी पहिलो हुँदा एमाले खुम्चियो
११ माघ २०८०

काठमाडौँ । आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ ।

जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाएपनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ ।

राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५ जना निर्वाचित हुँदा राष्ट्रियसभामा माओवादीका १८ सांसद पुग्छ ।

समाचार स्रोत :