Follow us: Youtube Android App
पत्रकार महासंघद्वारा सरकारको वार्षिक बजेटको स्वागत
१७ जेठ २०७८

काठमाडौं । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले सरकारद्वारा शनिबार अध्यादेश मार्फत प्रस्तुत आर्थिक वर्ष २०७८-७९ बजेटको स्वागत गरेको छ । महासंघमा महासचिव रोशन पुरीले आइतबार विज्ञप्ती जारी गर्दै बजेट सकारात्मक रहेको बताउनुभएको छ ।

बजेटमा महासंघले उठाएको मागको सुनुवाई भएको बताउँदै महासंघले त्यसलाई सकारात्मक रुपमा लिंदै कार्यान्वयनका लागि आग्रह गरेको छ । “नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजो प्रस्तुत गर्नुभएको बजेटमा सञ्चार क्षेत्रमा विनियोजन गरेको बजेटलाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिएको छ” विज्ञप्तीमा उल्लेख छ ।

बजेटमा महासंघले प्रस्ताव गरेअनुसार सञ्चार क्षेत्रका लागि समावेश भएका केही विषयहरु सराहनीय रहेको महासंघले बताएको छ । यसअघि महासंघका पदाधिकारीले गत वैशाख ७ गते मन्त्री पौडेलसँग छलफल गरेर माग प्रस्तुत गरेको थियो । “बजेटमा उल्लेख भएका सञ्चार क्षेत्रका सबै व्यवस्थाको समयमै कार्यान्वयन गर्न थप नीतिगत व्यवस्था गर्न आवश्यक छ” महासचिव पुरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । यस आ.व.को बजेटमा श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमामा ५० प्रतिशत प्रिमियम सरकारले दिने, नेपाल पत्रकार महासंघका सदस्यको देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने भनिएको छ ...

समाचार स्रोत :