Follow us: Youtube Android App
कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत दिन सञ्चारमन्त्रीसँग माग
१ असार २०७८

काठमाडौं l नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासँग न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोभिड–१९ प्रभावित श्रमजीवी पत्रकारलाई राहत, उपचार र क्षतिपूर्तिको व्यवस्थाका लागि आग्रह गरेका छन्। निरीक्षण र ब्रिफिङका लागि आइतबार सञ्चारग्रामस्थित समितिको कार्यालयमा पुगेका मन्त्री थापासँगको छलफलका क्रममा अध्यक्ष अर्यालले कोरोनापीडित पत्रकारको समस्या समाधान गर्न आग्रह गरे।

उनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दै ऐनको कार्यान्वयन नहुने हो भने ऐन र समितिको औचित्य नहुने भएकाले त्यस्तो अवस्थामा ऐन र समिति नै खारेज गर्न अनुरोध गरे। अध्यक्ष अर्यालले कोभिड भ्याक्सिन लगाउन बाँकी श्रमजीवी पत्रकारलाई तत्काल भ्याक्सिनको व्यवस्था गर्न आग्रह गर्दै संक्रमण भई अस्पतालमा उपचाररत, उपचारबाट निको भएका र ज्यान गुमाएका श्रमजीवी पत्रकार र तिनका परिवारलाई राहात वापत् उपचार खर्च उपलब्ध गराउन, लामो समय उपचार गरिएकाहरुका लागि थप राहातको व्यवस्थाका साथै कोभिड प्रभावित संचारकर्मीका लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकारले प्याकेजकै रुपमा राहत घोषणा गरी कार्यान्वयन गर्न आवश्यक रहेकामा जोड दिए।

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक श्रमजीवीहरुले पाउन नसकेकोले यसका लागि सरकारले कार्यान्वयनमा कडाइ गर्न र आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा सरकारले उल्लेख गरेको, श्रमजीवी पत्रकार ऐन २०५१ को दफा १७ अन्तर्गत र श्रमजीवी पत्रकार नियमावली २०५३ मा व्यवस्था भएको कल्याणकारी कोष स्थापनाका लागि अनिवार्य व्यवस्था गर्नुपर्ने बताए ...

समाचार स्रोत :