Follow us: Youtube Android App
पत्रकार महासंघले सोमबारदेखि सञ्चार गृह अनुगमन गर्ने
६ असार २०७८

सञ्चार गृहहरूले श्रमजीवि पत्रकारलाई कामबाट हटाउने र पारिश्रमिक नदिने गुनासा आएको नेपाल पत्रकार महासंघले बताएको छ।

कोरोना संक्रमणका कारण उत्पन्न कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने पनि महासंघको भनाइ छ।

‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चार गृहहरुले श्रमजीवि पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले आज विज्ञप्ति निकालेर भनेका छन् ...

 

 
समाचार स्रोत :