Follow us: Youtube Android App
‘थाहा’ आन्दोलनका सर्जक
१२ असार २०७८

असार ७ गते, थाहा आन्दोलनका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २२औँ स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा जीवनभरि विभिन्न कारणले चर्चामा आउनुभएका मकवानपुरे जनताका असल प्रतिनिधि हुनुहुन्थ्यो उहाँ । विष्ट एक विद्रोही जनप्रतिनिधि पनि हुनुहुन्थ्यो । उहाँले आजीवन मान्छे जगाउने यात्रामा आफूलाई होम्नुभयो । राजनीति गरिब, निमुखा, झुप्रे र छाप्रेका लागि हुनुपर्छ भन्ने उहाँको धारणा थियो । ‘श्रमिकको राजनीति पुँजीपतिले गरिदिएर हुँदैन, गरिबको राजनीति धनीले गरिदिएर हुँदैन, महिलाको राजनीति पुरुषले गरिदिएर हुँदैन,’ उहाँ भन्नुहुन्थ्यो, ‘आफ्नो राजनीति आफैँले गर्नुपर्छ । त्यसका लागि जनता जाग्नुपर्छ, जाग्नका लागि ‘थाहा’ चाहिन्छ ।’

रूपचन्द्र तत्कालीन परिवेशमा आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिनुभएको थियो । उहाँको बुवा नेपाली सेनाको मेजर हुनुहुन्थ्यो । उहाँको जन्म मकवानपुर जिल्लाको हाल थाहा नगरपालिकास्थित दामनको घर्तीखोला भन्ने ठाउँमा विक्रम संवत् १९९० पुस २६ गते भएको थियो ।

कलिलो उमेरमै रूपचन्द्रले घरपरिवारको कडा वातावरणमा विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो । पार्टीका तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठको अङ्गरक्षक एवम् काठमाडौँ जिल्ला समिति सदस्य भएर काम गर्नुभयो । निर्मल लामालगायतसँग उहाँको घनिष्ठ सम्बन्ध थियो । उहाँलाई लामाले काठमाडौँको पश्चिमी इलाका कीर्तिपुर, पाँगा, नैकाप, थानकोटलगायत क्षेत्रमा किसान जागरण अभियानको जिम्मेवारी दिनुभएको थियो । विष्ट आफ्नो विद्रोही स्वभाव र दार्शनिक सोचका कारण अरूभन्दा फरक देखिनुहुन्थ्यो । आफ्ना केही स्वभावजन्य कारणबाट उहाँ श्रेष्ठ र लामासँग धेरै समय साथै भने रहनुभएन । पार्टीको सङ्गठन नगरेर पनि जनता जगाउन सकिन्छ भन्ने दृढ मान्यता राख्नुहुने रूपचन्द्र कम्युनिस्ट सिद्धान्तबाट भने कहिल्यै विचलित हुनुभएन ...

समाचार स्रोत :