Follow us: Youtube Android App
भारतीय विदेश मन्त्री जयशंकरको भ्रमण जलविद्युत् र कनेक्टिभिटीमा केन्द्रित
१७ पुष २०८०

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउन लागेका छन् । नेपाल भारतको संयुक्त आयोग सहभागी हुन् आइरहेका उनको यो भ्रमण जलविद्युत् तथा कनेक्टिभिटीमा केन्द्रित रहने बताइएको छ ।

नेपालको तर्फबाट उनको भ्रमणका लगभग तयारी पुरा भएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँ दुई देशबिच मन्त्रीस्तरीय हुने नियमित बैठकमा आउन लाग्नुभएको छ, त्यो बैठकमा प्रस्तुत हुने एजेन्डाबारे हाम्रो तयारी लगभग पुरा भएको छ ।’

आयोगको बैठकमा प्रस्तुत हुने एजेन्डाबारे परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरिसकेका छन् । त्यसैगरी मन्त्री साउदले पूर्वपरराष्ट्र मन्त्री, भारतका लागि पूर्वराजदूत र पूर्वसचिवहरुसँग पनि छलफल गरिसकेका छन् ...

समाचार स्रोत :