Follow us: Youtube Android App
नेपाल पठाउन खाडीमा रहेका नेपालीले खरिद गरे ६ सय अक्सिजन सिलिण्डर
२९ बैशाख २०७८

काठमाडौं । नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव (एनआरएन) का अध्यक्ष विकल झाले अनलाईनखबरलाई बताए ।

खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिए । ‘६ सय थान अक्सिजन सिलिण्डर खरिद भइसकेको छ, जतिसक्दो छिटो नेपाल पाठाउने गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दै छौं,’ झाले ओमानबाट भने । अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससँग समन्वय गरिरहेको पनि उनले बताए । ढिलोमा आइतबारसम्म सिलिण्डर नेपाल पुर्‍याउने गरी काम भइरहेको उनले सुनाए ।

अक्सिजन सिलिण्डरको लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर हुने झाले जानकारी दिए । गैह्र आवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिण्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिण्डरको रकम सकेसम्म खाडीमा रहेका एनआएनएमार्फत नै तिर्ने गरी काम अघि बढेको उनले बताए ...

समाचार स्रोत :