Follow us: Youtube Android App
धरहराका कामदारसँग मनाए राजेशले जन्मदिन
२८ जेठ २०७८

काठमाडौं । हरेकपटक केहीकेही फरक काम गरेर आफ्नो जन्म दिन मनाउने अभिनेता राजश हमाल बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौंको सुन्धारमा रहेको धरहरा चढे । आफ्नी पत्नी मधु भट्टराईको साथमा उनी त्यहाँ पुगेका थिए ।

गत वैशाखको पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि धरहरा अझै सर्वसाधारणका लागि खुला गरिएको छैन । तर, बिहीबार अभिनेता हमाललाई धरहरा चढ्न अनुमति दिइयो । धरहरामाथि चढेर काठमाडांै उपत्यका नियाल्दै अभिनेता राजेश हमालले आफ्नी पत्नीसँग जन्म दिनको केक काटे । सो क्रममा उनलाई पत्नी मधुसहित धरहराको निर्माणमा जुटेका कामदारले ताली बजाएर जन्म दिनको शुभकामना दिए । अभिनेता हमालले आफू कति वर्ष भए भन्नेबारे खुलाएका छैनन् ।

हमालले पत्नीसँगै आफ्नो जन्मदिनको केक त्यहाँ कार्यरत कमदारलाई खुवाए । अभिनेता राजेश हमालको जन्मदिन मनाउँदै केक खान पाउँदा त्यहाँका कामदार पनि खुसी भए । उनीहरूले राजेश हमालसँग तस्बिर खिच्ने अवसर पनि पाए ...

समाचार स्रोत :