Follow us: Youtube Android App
नेपाली श्रमिक र श्रमको मूल्य
३१ असार २०७८

सन् १९८० को दशकबाटै नेपालीहरूवैदेशिक रोजगारीका लागि मध्यपूर्वका खाडी देशहरूमा आउने क्रम सुरु भएको मानिन्छ। त्यस हिसाबले अहिलेसम्म ५० लाखभन्दा बढी नेपालीले यी देशमा रोजगारी गरे होलान् भन्ने अनुमान छ। कुनै आधिकारिक तथ्यांक भने छैन।हालका दिनहरूमा झन्डै १२ लाख स्रमिक नेपाली मध्यपूर्वका यी खाडी देशहरूमा कार्यरत छन्। संयुक्त अरब ईमिरेट्स (यूएई) मा तीन लाख, कतारमा चार लाख, साउदी अरबमा तीन लाख, कुवेतमा एक लाख, बहराइनमा २५ हजार र ओमानमा २० हजारको हाराहारीमा नेपाली यी देशमा पसिना बगाइरहेका छन्।सन् १९६० को दशकमा पेट्रोलियम पदार्थको कमर्सियल उत्पादन र बजारीकरणले उच्च रूप लिए यता यी देशहरूले आर्थिक विकासमा कायापलट गरे। इरान र इराकसहितअहिले संसारको झन्डै ५० प्रतिशत पेट्रोलियम पदार्थको उत्पादन यिनै देशमा हुन्छ। विश्वलाई पेट्रोल बेचेर नै यी देशहरूले आफूलाई शक्तिशाली बनाउँदै लागेका छन्।

नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये शतप्रतिशत युवा जनशक्ति नै हो। यी देशहरूमा रोजगारीका लागि उमेरको हद पनि ६० वर्ष नै छ। अर्थात् ६० वर्ष उमेर पार गरेपछि उच्च दक्ष जनशक्ति बाहेकलाई सरकारले भिसा दिँदैन। तसर्थ यी देशहरूको विकास निर्माणमा नेपाली युवा जनशक्तिको ठूलो हात रहेको कुरामा दुई मत रहेन। हामीसँग भएको बेरोजगार जनशक्तिलाई उपयोग गरेर नै यी देशहरूले विकासका आधार बनाए। अर्कोतिर बेरोजगार नेपाली स्रमिकहरूलाई रोजगार प्रदान गरेर यी देशले लगाएको गुण त झनै बिर्सन सकिने कुरा भएन। नेपालले प्राप्त गर्ने रेमिट्यान्सको आधा हिस्सा यिनै देशहरूबाट भित्रने गरेको छ...

समाचार स्रोत :