Follow us: Youtube Android App
प्रहरीको ‘गुप्तचर’ निकाय र सीआईबी अमेरिकी कालोसूचीमा, सेनाका केही एकाइलाई पनि सहयोगमा रोक
१३ माघ २०८०

संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ।

सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष फौज र महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेही कानुन अनुसार अमेरिकाले सहयोगका लागि अयोग्य ठहर गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

दश वर्षे सशस्त्र द्वन्द्वकालका मुद्दासहित कतिपय गम्भीर मानव अधिकार उल्लङ्घनका आरोपलाई ध्यान दिँदै अमेरिकाले विगतमा पनि सेना र प्रहरीका एकाइ तथा अधिकारीहरूलाई त्यस्तो सूचीमा राख्ने गरेको पाइन्छ।

सुरक्षा निकायका अधिकारीहरूले त्यस्तो सूचीमा पर्दा वृत्तिविकास लगायतमा बाधा पुगिरहेको बताइरहँदा काठमाण्डूस्थित अमेरिकी राजदूतावासले गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्नहरूलाई न्यायको कठघरामा ल्याउन प्रभावकारी कदम चाल्ने विषयमा नेपाल सरकारसँग कुरा गर्न आफू खुला रहेको जनाएको छ...

समाचार स्रोत :