Follow us: Youtube Android App
आयल निगम भन्छ– ग्यासको अभाव छैन, आत्तिनुपर्दैन
१३ बैशाख २०७८

काठमाडौं । गत शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्ताको ध्यानाकर्षण गर्दै एउटा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएको थियो, ‘कोरोना महामारीका कारण भविष्यमा ग्यासको आपूर्ति प्रणालीमै असहज स्थिति आउन सक्ने भएकाले जति सक्दो चाँडो आफूसँग भएको खाली सिलिन्डर भर्न नेपाल एलपी ग्यास संघ आम उपभोक्तालाई आग्रह गर्दछ’ ।

तर, संघले भनेजस्तो हालसम्म बजारमा ग्यासको कुनै अभाव देखिएको छैन । त्यसो त हालका लागि मात्र नभएर भविष्यमा समेत ग्यास आपूर्तिमा कुनै समस्या नआउने नेपाल आयाल निगमले प्रष्ट पारेको छ ।

रातोपाटीसँग कुरा गर्दै नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘हालको अवस्थामा मुलुकमा पेट्रोलियम पदार्थको कुनै समस्या छैन, र भविष्यमा पनि आउने छैन । यदि फेरि पनि मुलुक लकडाउनमा जाने अवस्था आयो भने पनि निगमले सहज आपूर्तिको व्यवस्था गर्छ र बजारमा ग्यास, तेलको अभाव हुन दिँदैन ...

समाचार स्रोत :