Follow us: Youtube Android App
‘शैक्षिक प्रमाणपत्र देखाउँदैमा २५ लाख ऋण पाइँदैन’
२४ जेठ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक प्रमणपत्र (सर्टिफिकेट) देखाउँदैमा २५ लाख कर्जा नपाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘बजेट कार्यान्वन चुनौति’ विषयक कार्यक्रममा गभर्नर अधिकारीले उक्तयुक्त र विश्वसनीय व्यावसायिक योजना भएमा त्यसको अध्यन गरेर आवश्यक कर्जा पाउने बताए ।

गभर्नर अधिकारीले विभिन्न अनुगमले व्याज अनुदानमा गएका ३/४ प्रतिशत  कर्जाको गलत प्रयोग भएको पाइएको बताए । “राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको अनुगमन पनि गर्छ भने पहिले सहुलियतपूर्ण कर्जाको यकिन गरेर मात्रै ब्याज अनुदान दिने हो, त्यसको लागि डेपुटी गभर्नरको अध्यक्षतमा विभिन्न मन्त्रालयका अधिकारीको एउटा संयन्त्र बनेको छ,” गभर्नर अधिकारीले भने,“ब्याज अनुदानको सहुलियतपूर्ण कर्जाको गलत प्रयोग गर्नेलाई कारवाही हुन्छ र त्यसको विवरण पनि सार्वजनिक हुन्छ ।”

व्यवसायीलाई चालुपुँजीको व्यवस्था मौद्रिक नीतिले नै गरेकाले व्यवसायिक निरन्तरता कर्जा न्यून गएको गभर्नर अधिकारीले दाबी गरे । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४२ करोड मात्रै व्यवसाय निरन्तरता कर्जा गएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत कोभिडबाट प्रभावित भएर व्यवसाय निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका व्यवसायीलाई कर्जा उपलब्ध गराउन ५० अर्बको कोष स्थापना गर्ने घोषण गरेको थियो । जसअनुसार मंसिरमा कार्यविधि बनेर कार्यान्वयनमा आएको उक्त कर्जा नगन्य रुपमा मात्रै गएको छ ...

समाचार स्रोत :