Follow us: Youtube Android App
पीसीआरमै सर्वसाधारणको ३ अर्ब खर्च
३ साउन २०७८

काठमाडौँ । जनस्वास्थ्यलाई संविधानले नै मौलिक अधिकार भनेको छ । सर्वोच्च अदालतले पनि कोभिड संक्रमितको सम्पूर्ण उपचार र परीक्षण निःशुल्क गर्न आदेश दिएको छ । तर, पीसीआर परीक्षणमा मात्रै सर्वसाधारणले करिब ३ अर्ब रुपैयाँ खर्चनुपरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म ३४ लाख ६३ हजार ५७ जनाले पीसीआर परीक्षण गरिसकेका छन् । तीमध्ये १३ लाख ४६ हजार ६ सय ८१ जना अर्थात् ३८.८८ प्रतिशतले निजी प्रयोगशालामा पीसीआर गरेका छन् । परीक्षणबापत प्रतिव्यक्ति २ हजारदेखि ७ हजार ५ सय रुपैयाँसम्म खर्च भएको छ ।

२०७७ जेठ २९ मा मन्त्रिपरिषद् बैठकले बढीमा ६ हजार ५० रुपैयाँ लिएर पीसीआर परीक्षण गर्न निजी प्रयोगशालालाई अनुमति दिएको थियो, भदौसम्म यही दर कायम थियो । गत वर्षको जेठदेखि भदौ १४ सम्म ३३ हजार १ सय ८५ जनाले निजी प्रयोगशालामा परीक्षण गराउँदा २० करोड ७ लाख ६९ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ...

समाचार स्रोत :