Follow us: Youtube Android App
नेप्सेले बनायाे नयाँ रेकर्ड : अन्य समूहमा उल्लास, होटल र लघुवित्त घट्यो
२५ जेठ २०७८

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ इतिहास कायम भयो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नयाँ रेकर्ड नै कायम भयो । सोमबार भने स्थिर देखिएको सेयर बजार मंगलबार भने पुनः नयाँ रेकर्ड कायम गराउन सफल भएको छ ।

मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो । नेप्सेले परिसूचकमा नयाँ रेकर्ड राख्यो भने कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुग्यो ।

१ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ नाघ्यो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेको छ ...

समाचार स्रोत :