Follow us: Youtube Android App
धनीलाई नै धनी बनाउने बैंकिङलाई परिवर्तन गरी परियोजना धितोमा ऋण दिने व्यवस्था गरौं: रामेश्वर खना
१० असार २०७८

राष्ट्र बैंकले अहिले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तयार गरिरहेको छ । मौद्रिक नीति बनाउँदै गर्दा आगामी वर्षको बजेटलाई पनि हेर्नुपर्ने हुन्छ । आगामी वर्षको बजेट आर्थिक वृद्धिलाई नै लक्षित गरी आएको छ ।

आगामी बजेटले रोजगारी सिर्जना र आर्थिक वृद्धिलाई लक्षित गरे पनि रोजगारी सिर्जनामा थप काम मौद्रिक नीतिबाट गर्नुपर्ने अवस्था छ । यसपटक १० महिना बितिसक्दा पनि देशको भुक्तानी सन्तुलन धनात्मक छ । विदेशी मुद्राको सञ्चिति पनि राम्रो छ । कर्जाको वृद्धिदर असाध्यै उच्च दरले भएको छ । जबकी, आर्थिक वृद्धि नभएको अवस्थामा यसले त ‘एसेट मार्केट’मा प्रत्यक्षरुपले प्रभाव पारेको देखिन्छ ।

डिपोजिट ग्रोथभन्दा क्रेडिट ग्रोथ बढी भएको देखिन्छ । पछिल्लो १५ वर्षको अवधिमा मनी सप्लाइ डबल भएको छ । दक्षिण एसियामा हामी मनी सप्लाइ र जीडीपी रेसियो भएको मुलुकमा पर्छौ । सबैभन्दा अगाडि छौं र विश्वमै पनि १६/१७ औं नम्बरमा छौं ।

हामी तीव्र गतिमा मोनिटाइज हुँदै गयौं तर यही गतिमा आर्थिक विकास भने भएको छैन । मनी सप्लाइ र आर्थिक वृद्धिको प्रत्यक्ष सम्बन्ध त छैन तर आर्थिक वृद्धिले हाम्रो अर्थतन्त्रमा विभेद बढ्दै गइरहेको छ ...