Follow us: Youtube Android App
नेप्सेमा २३.७६ अंकको सुधार, कारोबार रकम भने अझैं बढ्न सकेन
२४ असार २०७८

झण्डै एक महिना लामो लगातारको गिरावटपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम २३.७६ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको छ ।

गत बुधबार नेप्से १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको थियो । आज भने ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.४१ अंकले बढेर ५२९.६६ विन्दुमा पुगेको छ । यसदिन व्यापार र अन्य समूह बाहेक सबैजसो समूहहरु धनात्मक (पोजेटिभ भएका छन् । यद्यपि, आज सबैजसो समूहहरु धनात्मक हुँदा पनि कारोबार रकम भने अझैं ५ अर्ब पुग्न सकेको छैन ।  

नेप्सेकाअनुसार आज कुल २२३ कम्पनीका एक करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ५१ हजार ८६८ पटक किनबेच हुँदा जम्मा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको मात्र कारोबार भएको छ ...

समाचार स्रोत :