Follow us: Youtube Android App
बैंकलाई ब्रोकर लाइसेन्स दिने तयारी
२७ असार २०७८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकरको काम गर्न अनुमति दिने भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन आवश्यक तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेका छन् ।

बैंकलाई लाइसेन्स दिने वा नदिने विषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएर पुँजी बजार क्षेत्रको नियामक निकाय बोर्डको नेतृत्व गर्ने जिम्मेबारी पाएका ढुंगानामा सुरुमा बैंकलाई लाइसेन्स दिन सहमत थिएनन् ।

तर लगानीकर्ताहरुले लामो समयदेखि माग गर्दै आएको र ब्रोकर कम्पनीहरु धेरै हुँदा प्रतिस्पर्धा बढ्नुका साथै पुँजी बजारको विकास र विस्तार हुने भन्दै बोर्ड अध्यक्षले लाइसेन्स दिने तयारी गरेका हुन् । बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ग्रामीण भेगसम्मका सर्वसाधारणले सहज तरिकाले दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने बोर्डको अपेक्षा छ ...

समाचार स्रोत :