Follow us: Youtube Android App
उद्घाटनको दुई सातामै तामाकोसी बन्द
४ साउन २०७८

काठमाडौँ । पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका थिए ।

‘उद्घाटन गर्दा पहिलो युनिटबाट करिब १० मिनेटजति ८ मेगावाट विद्युत् उत्पादन भएको थियो,’ आयोजना स्रोतले भन्यो, ‘प्राविधिक समस्या देखिएपछि लगत्तै पहिलो युनिट बन्द भएको छ ।’ आफ्नै पालामा निर्माण पूरा भएको सन्देश दिन ओलीले पूर्ण परीक्षण नै नगरी आयोजना उद्घाटन गरेका थिए ...

समाचार स्रोत :