Follow us: Youtube Android App
सूचना-प्रविधि

[ Jul 23, 2021 ] इन्धन खरिद अनलाइनबाट

पेट्रोल पम्प सञ्चालकले घर मै बसेर डिजेल, पेट्रोल खरिद गर्न सुरु गरेका छन्। नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गरेपछि व्यवसायीले अनलाइनबाट तेल अर्डर गर्न थालेका हुन्। म्यानुअल सिस्टममा काम गर्दै आएको निगमले पूर्ण डिजिटलाइजेसमा जान इआरपी जडान गरेपछि व्यवसायीले विद्युतीय माध्यमबाट इन्धन खरिद गर्न…

[ Jul 23, 2021 ] ५ वर्षमा १३ हजार सवारीमा मात्रै इम्बोस्ड नम्बर

काठमाडौँ । ठेक्का भएको पाँच वर्षमा १३ हजार ४ सय ४३ सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गरिएको छ । २०७३ जेठ १७ मा भएको ठेक्का सम्झौताअनुसार यो अवधिभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने थियो । बगंलादेश…

[ Jul 08, 2021 ] अनलाइन सरुवा प्रणाली प्रभावकारी

काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा हुनुभयो । बिनाभनसुन छोटो समयमा यति सजिलै सरुवा होला भन्ने आशा नगरे पनि सरुवा भएपछि उहाँले अनलाइन प्रणालीबाट गरिएको सरुवा…

[ Jul 06, 2021 ] साउन एकदेखि ‘अवैध’ मोबाइल नचल्ने

‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन…

[ Jul 03, 2021 ] अन्तरिक्ष यात्रामा अर्बपतिहरुको दौड, बेजोसभन्दा अगाडि नै अन्तरिक्ष पुग्दै बेलायती अर्बपति

काठमाडौं । अर्बपतिहरुको अन्तरिक्ष यात्राको प्रतिस्पर्धा रोचक बनेको छ । बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका प्रमुख रिचार्ड ब्रान्सनले आगामी जुलाई ११ मै अन्तरिक्ष यात्रामा जाने घोषणा गरेका छन् । अमेजन कम्पनीका सिइओ जेफ बेजोस जुलाई २० मा…

[ Jul 01, 2021 ] गुड्ने र उड्ने गाडी 'एयरकार' को पहिलो उडान पूरा

'एयरकार'ले हालै दुई शहरमाथि आफ्नो पहिलो उडान पूरा गरेको छ। एयरकार हाइब्रिड गाडी हो, जुन अरु कार जस्तै सडकमा गुड्न सक्छ र आकासमा उड्छ। एयरकारले स्लोभाकियाको आकासमा पहिलो अन्तर–शहर उडान पुरा गरेको अमेरिकी वेभसाइट रोब रिपोर्टले लेखेको छ।

[ Jun 26, 2021 ] विद्यार्थीमा सिर्जनाको सीप सिकाउँदै ‘कारखाना’

काठमाडौं । लकडाउनको समय छ । देशभरका शैक्षिक संस्था ‘लक’ भएर ‘डाउन’ को स्थितिमा पुगिसकेका छन् । तर काठमाडौंको ज्ञानेश्वरमा एउटा तीनतले ‘कारखाना’ लेखिएको भवन छ, जहाँ युवाहरू भविष्यका कर्णाधार विद्यार्थीका लागि नयाँ ज्ञान र सीप सिकाउने ‘साइन्स किट’ अर्थात् विज्ञान सिकाइ सामग्री बनाउन र प्याक गर्न व्यस्त…

[ Jun 25, 2021 ] माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज…

[ Jun 24, 2021 ] क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ । गत शुक्रबार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरुलाई…

[ Jun 23, 2021 ] नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन् । टेलिकमले मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी…

[ Jun 18, 2021 ] नेपाली भू-उपग्रह स्याट-१ खरानी हुँदै

काठमाडौँ l अन्तरिक्षमा पठाएको ६ महिनासम्म मात्रै काम गर्न सक्‍ने भनिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट–१’ ले बिहीबार दुई वर्ष पूरा गरेको छ । सन् २०१९ को जुन १७ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाली स्याट–१ सहित श्रीलंकाको राभाना–१ र जापानाको इगुसु स्याटेलाइट एकैसाथ अन्तरिक्षमा छाडिएको थियो ।

[ Jun 08, 2021 ] साइबर ब्युरोको अनुरोध : सामाजिक सञ्जालको दुरुपयोग नगर्नू

काठमाडौं l नेपाल प्रहरीको साइबर ब्युरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ। ब्युरोले सोमबार एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न/नगराउन आग्रह…

[ Jun 06, 2021 ] वारेन बफेटसँग मिलेर नेट्रियम न्युक्लियर प्लान्ट बनाउँदै बिल गेट्स

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यसै हप्ता ऊर्जासँग सम्बन्धित आफ्नो नयाँ पाइलट प्रोजेक्ट ‘नेट्रियम’ को बारेमा परिचय दिँदै भनेका थिए, ‘ऊर्जाको क्षेत्रमा यो एक अहम मोड हो’ । गेट्सले एउटा नयाँ प्रकारको आफ्नो न्युक्लियर पावर प्लान्टलाई ‘नेट्रियम’ नाम दिएका छन् । उनले यसको पेटेन्ट पनि लिइसकेका छन्…