Follow us: Youtube Android App
मुख्य खबर

[ May 12, 2021 ] हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिहीबार औपचारिक मर्जर

लामो समयदेखि चर्चा चलेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको औपचारिक सम्झौता बिहीबार हुने भएको छ। बिहीबार ठमेलस्थित एलफ्ट होटलमा एक समारोह आयोजना गरी मर्जरको घोषणा गर्ने कार्यक्रम छ। हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम…

[ May 12, 2021 ] संक्रमितको शव व्यवस्थापन परिवारले नै गर्न पाउने, मलामी २५ जना मात्र

काठमाडौं l कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टि गर्न सम्बन्धित परिवार वा समुदायले पाउने भएका छन्। शव अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नजान पनि सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै शव अन्त्येष्टि…

[ May 12, 2021 ] स्वास्थ्य संकटकाल लगाउने तयारी, केही समय देशैभर लकडाउन

काठमाडौं l कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको छ। कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न विज्ञको सुझाव आएपछि सीसीएमसीमार्फत मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश…

[ May 12, 2021 ] काठमाडौँ उपत्यकामा भोलिदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी कोरोनाको महामारी तिब्र रुपमा बढिरहेकाले त्यसको…

[ May 12, 2021 ] सरकार, दल र भाइरसको भर नपरौँ : आफ्नो सुरक्षा आफैँ गरौँ

काठमाण्डाै l महिना दिन अघिसम्म नेपालीलाई लागेको थियो, कोरोनाकाल सकियो । तर वर्ष दिन नपुग्दै अर्को डरलाग्दो रूपमा कोरोना दोस्रो लहर भएर फर्कियो । छिमेकी देश भारतभन्दा डरलाग्दो भएर नेपालमा कोरोना फैलिएको छ । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ । सङ्क्रमित र परिवारको रुवाबासीले अस्पतालमा कोलाहल…

[ May 12, 2021 ] महामारीले थलिएको आर्थिक क्षेत्रलाई कसरी सघाउनुपर्छ सरकारले?

मुलुक यतिबेला कोभिड–१९ संक्रमण महामारीको दोस्रो लहरको चपेटामा छ। दोस्रो लहरमा संक्रमण तीव्र फैलिन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लासहित धेरैजसो जिल्लामा निषेधाज्ञा लागू गरिँदा फेरि देश नै बन्दाबन्दीको अवस्थामा पुगेको छ। संक्रमितको बढ्दो संख्यालाई स्वास्थ्य पूर्वाधारले धान्ने अवस्था नरहँदा संक्रमण रोकथामका लागि फेरि एकपल्ट बन्दाबन्दीको उपाय अपनाउनुपरेको छ।…

[ May 12, 2021 ] कोरोना विशेष अस्पतालमा आधा घण्टा अक्सिजन नहुँदा ५ जनाको मृत्यु

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि एकै पटक पाँच विरामीको मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आघा घण्टा अक्सिजन सप्लाई रोकिएको थियो । अक्सिजन सप्लाई रोकिएपछि पाँच बिरामीको मृत्यु भएको अस्पतालका सूचना…

[ May 12, 2021 ] गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुव्वा नियुक्त, आजै सपथ

पोखरा l गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ फेरि मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ फेरि मुख्यमन्त्री नियुक्त भएका…

[ May 12, 2021 ] नेपालमा पहिलोपटक १ लाख नाघे कोरोना भाइरसका सक्रिय संक्रमित

काठमाडौं l नेपालमा पहिलोपटक कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको हो। सक्रिय…

[ May 12, 2021 ] माधव समूहका २० नेताको राजीनामा तयार, देउवालाई बहुमतको बाटो खुल्दै

सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ ।

[ May 12, 2021 ] थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको भए

पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् । …

[ May 12, 2021 ] निजी अस्पतालमा अक्सिजनको हाहाकार, मन्त्रालयले भन्यो- १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्नू

निजी अस्पतालले अक्सिजन हाहाकार भएको भन्दै संक्रमितको उपचार गर्न नसकिने भनेर हात उठाएको बेला सरकारले ती अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बसेको बैठकले सय बेडमाथिका निजी अस्पतालले १५ दिन…

[ May 12, 2021 ] आफन्तले अक्सिजन खोज्दाखोज्दै ज्यान गुमाउँछन् संक्रमित

धनगढी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका प्रमुख लोकेन्द्र जोशीले स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब दिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण स्वाब दिएका जोशीलाई वैशाख १५ गते संक्रमण पुष्टि भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीस्थित…