Follow us: Youtube Android App
विकास-निर्माण

[ Jul 27, 2021 ] विकासमा सार्वजनिक खरिद ऐनका प्रावधान बाधक : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरू बाधक रहेको टिप्पणी गरेका छन्। शर्माले सोमबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू सहित अर्थविदसँगको छलफलमा यस्तो धारणा राखेका हुन्। शर्माले सार्वजनिक खरिद ऐनलाई समयानुकूल बनाउन प्रयत्न गर्ने बताए। मन्त्री शर्माले पुँजीगत…

[ Jul 26, 2021 ] ढुंगा-गिट्टी निकाल्न ३५ वर्षसम्म सेती थुन्‍ने योजना

पोखरा । पोखराका अमूल्य सम्पदा फेवाताल, सेती खोंच, डेभिज फल्स र रामघाटको दोहन अब निजी कम्पनीले गर्ने भएका छन् । सेतीको रामघाट र मोरेखरेमा बाँध बनाएर ३५ वर्षसम्म ढुंगा, गिट्टी निकाल्न महानगरले निजी कम्पनीसँग सम्झौता गर्दै छ । त्यस्तै सेती खोंच र डेभिज फल्स पनि ४० वर्षका लागि…

[ Jul 24, 2021 ] उद्योग नै नआएपछि सेजका पूर्वाधार जीर्ण

भैरहवा । मुलुकमै पहिलो निर्यातमुखी परियोजना र नमुना भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) लामो समयदेखि अलपत्र छ । यसको सञ्चालनमा सरकार गम्भीर नबन्दा सेज परिसर अस्तव्यस्त बनेको छ । यहाँ बनेका संरचना जीर्ण छन् । पूर्ण सञ्चालनमा नआउँदै सेज भवन भत्किएको छ । भित्तामा लेउ लागेर कुरूप देखिन्छ…

[ Jul 23, 2021 ] ५ वर्षमा १३ हजार सवारीमा मात्रै इम्बोस्ड नम्बर

काठमाडौँ । ठेक्का भएको पाँच वर्षमा १३ हजार ४ सय ४३ सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गरिएको छ । २०७३ जेठ १७ मा भएको ठेक्का सम्झौताअनुसार यो अवधिभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने थियो । बगंलादेश…

[ Jul 22, 2021 ] मिटरब्याजी उप्रेतीका कारण ‘भूमिगत’ भए मुडे-चरिकोट सडकका ठेकेदार, अर्कैलाई दिइयो ठेक्का

सिन्धुपाल्चोकको मुडेदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको ३० किलोमिटर बाटो अहिलेसम्म पिच भइसकेको हुनुपर्थ्यो। दुई लेन सडक विस्तार गरेर पिच गर्ने योजनाअनुसार सडक विभाग अन्तर्गतको सडक सुधार आयोजनाले ७९ करोड रुपैयाँमा पाँच वर्षअघि ठेक्का लगाएको थियो। भारतीय एक्जिम…

[ Jul 19, 2021 ] उद्घाटनको दुई सातामै तामाकोसी बन्द

काठमाडौँ । पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गरिएको माथिल्लो तामाकोसीको पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ । ४ सय ५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका…

[ Jul 15, 2021 ] कालीगण्डकी डाइभर्सन - निर्माण प्रक्रिया अगाडि नबढ्ने

काठमाडौँ, असार ३१ गते । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

[ Jul 11, 2021 ] पाइपलाइनले जोगियो चार अर्ब

मोतिहारी । अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी) बाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत…

[ Jul 11, 2021 ] सुरक्षा फौज राखेर थालिएको सोलु करिडोरको काम रोकियो

स्थानीयको सम्भावित अवराधबाट सुरक्षित हुँदै सुरक्षा फौज परिचालन गरेर सुरु गरिएको निर्माणाधीन सोलु करिडोरको विद्युत् विस्तारको काम स्थगित भएको छ। एक वर्षयता जग्गा विवादका कारण स्थानीयले अवरोध गरेको काम तीन दिनअघि करिडोर आयोजना कार्यालयले सुरक्षाकर्मी परिचालन गरेर सञ्चालन गरेपछि स्थानीयले कटारी नगरपालिकामा तालाबन्दी गरेका थिए।

[ Jul 08, 2021 ] साढे ६ लाखले लिए तेस्रो किस्ता

काठमाडौं । महाभुकम्पपछि क्षति पुगेका निजी आवासमध्ये ६ लाख ६५ हजार २ सय ३३ घरधुरीले तेस्रो किस्ता लिएका छन् । ८ लाख ५८ हजार २ सय ८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएकोमा ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६ सय २४ ले अनुदान सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण…

[ Jul 08, 2021 ] निर्माणमा खेलाँची: तीन महिनामा २१ वटा ठूला पुल भत्किए

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्कियो। निर्माणाधीन उक्त पुल भत्किँदा एक मजदूरको ज्यानसमेत गयो। यो एउटा प्रतिनिधि उदाहरणमात्र हो। पछिल्लो समय निर्माणाधीन र सञ्चालनमा आएको केही समयमै पक्की पुल भत्किने क्रम बढेको छ। चितवनको ठिमुरा र…

[ Jul 07, 2021 ] बाढीले क्षति पुर्‍याएपछि नेपालको दोस्रो लामो पुलबाट यातायात आवागमन बन्द

काठमाडौं । दाङको देउखुरीमा निर्मित नेपालको दोस्रो लामो पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात आवागमन अवरुद्ध भएको छ । राप्ती नदीमा आएको बाढीले पुलको एकातर्फको भागमा क्षति पुर्‍याएपछि पुलबाट यातायातका साधन सञ्चालन बन्द भएको हो । राप्ती गाउँपालिकाको…

[ Jul 07, 2021 ] माथिल्लो तामाकोशी महँगो हुनुको कारण बारे के भन्छन् कुलमान घिसिङ

नेपालको हालसम्मकै ठूलो क्षमताको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्‌ आयोजनाको पहिलो चरणको उद्घाटन भएसँगै आयोजनाले ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको बताइएको छ। परियोजना क्रमशः केही महिनामा पूर्ण क्षमतामा पुग्ने अधिकारीहरूको भनाइ छ। स्वदेशी पुँजी र…