Follow us: Youtube Android App
एउटा गीतको संकटकालीन कथा
१० असोज २०७७

काठमाडौँ — त्यसो त यो कथा नलेखे पनि हुने हो । जस्तो दुनियाँमा नलेखे पनि हुने धेरै कथा छन् । तिनीहरू जो लेखिएका छन्, त्यसैले मात्र ती कथा बनेका छन् ।


नलेखिएका कति कथा होलान्, जो सायद व्यथाका रूपमा लुकेर बसेका होलान् । तर, यो कथा जुन यहाँ लेखिएको छ, व्यथा विरेचनको अकिञ्चन प्रयास वा आत्मतुष्टिको नितान्त निजी विज्ञापन मात्र होइन । बरु यसका खास कारण छन् । आउनुस्, ती कारण बताउनुअघि त्यो एक थान गीत, जसको कथा यतिखेर उत्खनन गर्न खोजिँदै छ, त्यसलाई एकचोटि हेरौं– यो तिम्रै माटो हो तिमीले टेकेको ...

समाचार स्रोत :