Follow us: Youtube Android App
‘बडादसैंको टीकाको साइत त्रुटिपूर्ण’
२० असोज २०७७

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको यस वर्षको बडादसैंको टीकाको साइत त्रुटिपूर्ण रहेको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले बताउनुभएको छ ।


पञ्चाङ्ग निर्णायक समितिले २०६६ सालदेखि नै त्रुटिपूर्ण साइत निकाल्दै आएको पनि मूल पुजारी कर्माचार्यले जिकिर गर्नुभयो । समितिले दिएको साइत समयमा देवी विसर्जन, यात्रा, टीका र देवी थिरासन गर्ने साइत क्रमबद्ध नभएको उहाँको भनाइ छ । पञ्चाङ्ग निर्णायक समितिले गर्दै आएको त्रुटिबारे पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको मूल पुजारी कर्माचार्यको भनाइ छ ...

समाचार स्रोत :