Follow us: Youtube Android App
कोरोना कहरः महानवमीका दिन पनि खुलेन ऐतिहासिक तलेजु भवानीको द्वार
९ कात्तिक २०७७

काठमाडौं । कोरोना भाइरसका कारण यस वर्षको दशैं नराम्ररी प्रभावित बनेको छ । जसको असर शक्तिपीठहरुमा पनि परेको छ ।


यसवर्ष देशभरका हिन्दू शक्तिपीठहरु बन्द नै रहे । यसैक्रममा वर्षमा एक दिन आश्विन शुक्ल नवमीका दिनमा मात्र खुल्ने काठमाडौं हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि खुलेन । घटस्थापनाका दिन राखिएको जमरासहित पूजाआजाका लागि महानवमीका दिनमा एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने इष्टदेवी तलेजु भवानीको दैलो कोरोना भाइरसको त्रासकै कारण नखुलेको हो ...

 

समाचार स्रोत :