Follow us: Youtube Android App
जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण
३ जेठ २०७८

बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् ।

जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही हुन् । उनले सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राखेका थिए ।

बहराइनको राजकुमारको टोलीसँगै काठमाडौंबाट २२ चैत २०७७ मा बेस क्याम्प प्रस्थान गरेका थिए । जाङ्ग्बु सगरमाथा बेश क्याम्पमा बिरामी भएका थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या भएपछि उनी ७ वैशाख २०७८ मा हेलिकप्टरमा काठमाडौं आएका थिए । काठमाडौं आएर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ...

समाचार स्रोत :