Follow us: Youtube Android App
जो सित्तैमा जान सक्नेछन् नयाँ क्लब
२९ माघ २०७७

काठमाडौं- युरोपियन फुटबलमा खेलाडी ‘ट्रान्सफर’मा ठूला खेलाडीको अदलबदल हुन सिजनको अन्त्य नै पर्खनुपर्ने भएको छ। जनवरीमा हुने खेलाडी किनबेचको समयमा चर्चामा रहेका खेलाडीले क्लब फेरेको देखिएन। जसले आउने समयमा स्टार भनिएका खेलाडीहरु नै सित्तैमा क्लब छाड्न सक्ने अवस्था देखिएको छ।

हुन त ट्रान्सफरमा खर्च हुने रकमबाहेक नै पनि खेलाडीको तलबको हिस्साले क्लबलाई सहज त हुने छैन। तर ठूला खेलाडीको ट्रान्सफर रकम मात्र सित्तैमा हुनु पनि किन्ने क्लबका लागि फाइदाको नै विषय हो। अहिले सुरुवाती ११ मा नै खेल्न सक्ने उत्कृष्ट खेलाडीहरु आ-आफ्नो क्लबसँग सम्झौताको अन्तिम समयमा छन्।

यस्तोमा युरोपको ठूला फुटबल क्लबमा अहिले कोरोना माहामारीपछि आइपरेको आर्थिक समस्या जस्तो यसअघि कहिल्यै थिएन। जसको असर खेलाडी किनबेचको बजारमा परिरहेको छ। चर्चामा आएका धेरै खेलाडीलाई नयाँ क्लबमा जाने वातावरण ठूलो रकमका कारण नै बन्न सकिरहेको छैन ...

समाचार स्रोत :