Follow us: Youtube Android App
खेलकुद

[ Jul 27, 2021 ] एभरेष्ट प्रिमियर लिग : पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले काठमाडौं किंग्स–११ बाट खेल्ने

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन्। छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो। काठमाडौँ…

[ Jul 24, 2021 ] टोकियो ओलम्पिक २०२० : सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको चुनौती समाप्त

टोकियो । टोकियो ओलम्पिक २०२० मा शनिबार बिहान भएको प्रतिस्पर्धामा नेपालका जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियारको चुनौती प्रारम्भिक चरणमै समाप्त भएको छ । कल्पनाले महिला १० मिटर एयर राइफलमा ६१६.८ अंक जोड्दै आफ्नै नाममा रहेको…

[ Jul 23, 2021 ] महामारीको छायामा टोकियो ओलम्पिक आजदेखि

टोकियो । ओलम्पिकमा नयाँ–नयाँ कीर्तिमान राख्ने अपेक्षासहित संसारभरका ११ हजार खेलाडी टोकियो पुगेका छन् तर कोभिड संक्रमणले सहरमा दिनदिनै कीर्तिमान बनाएकाले खेलाडीसँगै आयोजक पनि चिन्तित छन् । ३२ औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । तर, टोकियोमा उस्तो उत्साह…

[ Jul 21, 2021 ] अर्कै खेलको व्यवस्थापक बनेर जापान पुगे नेपालका पाँच जना

विश्व खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिक गेम्स २०२० शुक्रबारदेखि सुरू हुँदैछ। कोरोना महामारीका बीच हुन लागेको यसपटकको ओलम्पिकमा नेपालको २६ सदस्यीय टिमले सहभागिता जनाउँदैछ। जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन्। बाँकी १७ जना अफिसियलको रूपमा…

[ Jul 21, 2021 ] पारा ओलम्पिक कमिटीको लापरबाही : पौडीमा खेलाडीको नामै पठाइएन

काठमाडौँ । राष्ट्रिय पारा ओलम्पिक कमिटी (एनपीसी) ले निर्धारित समयभित्र आवेदन नदिएका कारण टोकियो पारा ओलम्पिकमा नेपालबाट पौडी खेलमा प्रतिनिधित्व हुन नपाएको खुलासा भएको छ । जापानमा शुक्रबार ३२ औं ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदै छ । अगस्ट ८ (साउन २४) मा ओलम्पिक सकिएको १५ दिनपछि टोकियोमै पारा ओलम्पिक…

[ Jul 11, 2021 ] अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो । अर्जेन्टिनाको…

[ Jul 08, 2021 ] डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड यूरो कपको फाइनलमा

इंग्ल्यान्ड ५५ वर्षपछि ठूलो (विश्वकप–यूरो कप) प्रतियोगिताको फाइनलमा पुगेको हो। यसअघि सन् १९६६ मा विश्वकपको फाइनलमा पुगेको हो। साे खेलमा पश्चिमी जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो। गएराति भएको खेलमा डेनमार्कलाई २–१ ले पराजित गरेको हो। निर्धारित समयमा…

[ Jul 07, 2021 ] प्रादेशिक रंगशाला निर्माण गर्न कर्णाली सरकारले छुट्यायो ३५ करोड

सुर्खेत । कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । डीपीआरअनुसार उक्त रंगशाला निर्माण गर्न कुल २ अर्ब बजेट आवश्यक पर्छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने सरकारी लक्ष्य…

[ Jun 24, 2021 ] सबैभन्दा बढी गोलको कीर्तिमानमा रोनाल्डोले गरे अली देईको बराबरी

पेरिस l क्रिस्टियानो रोनाल्डोले बिहीबार अर्को कोसेढुंगा छोएका छन् । उनले पेनाल्टीबाट गरेको दुई गोलमा पोर्चुगलले फ्रान्सलाई युरो २०२० मा २–२ को बराबरीमा रोक्यो । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुगेको छ । इरानका अली…

[ Jun 19, 2021 ] ‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन

नयाँदिल्ली l ‘फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन भएको छ । इन्डियन एक्सप्रेसका अनुसार ९१ वर्षीय सिंहलाई गत महिना कोरोना भाइरस संक्रमणले छोएको थियो । गत साता मात्रै कोरोना संक्रमणका कारण उनकी…

[ Jun 15, 2021 ] मनाङेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विरोध जनाएको छ । समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले…

[ Jun 04, 2021 ] विश्वकप छनोटमा नेपाल विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए ।…

[ May 31, 2021 ] जावलाखेल भलिवल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ

काठमाडौं । ललितपुरस्थित जावलाखेल भलिबल टिमका म्यानेजर अनुप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अनुपसहित थप दुईजनालाई लागुऔषधसहित  पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।   पक्राउ पर्नेमा अमृता खड्का र परदु गुरुङ…