Follow us: Youtube Android App
व्यवसायी रुपेश श्रेष्ठको घरमा भेटियो झण्डै २ अर्ब हुण्डी कारोबारको ढड्डा
९ माघ २०८०

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी रुपेश श्रेष्ठको घरमा छापा मारेर हुण्डी कारोबारको विवरण लेखिएको ढड्डा बरामद गरेको छ ।

ब्यूरोको टोलीले ‘जोन रोबर्ट’ र ‘रेन बेकर’ लेखिएको ढड्डामा ठूलो रकमको कारोबार भएको विवरण फेला पारेको निर्देशक एआईजी किरण बज्राचार्यले बताइन् ।

उनका अनुसार, ‘जोन रोबर्ट’ नाम गरेको ढड्डामा मात्रै १ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ कारोबार भएको देखिएको छ । उक्त ढड्डामा ९८९ वटा हुण्डी कारोबारको विवरण भेटिएको सीआईबीको भनाइ छ ...

समाचार स्रोत :