Follow us: Youtube Android App
तेस्रो दिनसम्म ९ लाख ३५ हजारभन्दा बढीले भरे रु रु जलविद्युतको आईपीओ
२३ चैत्र २०७७

काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रु रु जलविद्युत परियोजनाको आईपीओ तेस्रो दिन आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले भरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुे १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । तेस्रो दिनसम्म मागभन्दा ३५ दशमलव ९९ गुणा बढी आवेदन परेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको यस कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । यसअघि कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरेको थियो ...

समाचार स्रोत :