Follow us: Youtube Android App
प्राधिकरणको झण्डै २ अर्ब बक्यौता रहेको रिलायन्सले पायो आईपीओ जारी गर्ने अनुमति
२१ पुष २०८०

ठूलो रकम सरकारलाई तिर्नुपर्ने बक्यौता रकम रहेको भन्दै विवादमा परेको कम्पनी रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने अनुमति पाएको छ।  

झण्डै २ अर्ब रुपैयाँ बक्यौता दाबी भइरहेको कम्पनीलाई धितोपत्र बोर्डले बिहीबार अनुमति प्रदान गरेको हो। नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपभोग गरेबापतको पैसा नतिरेको आरोप लगाइरहेका बेला बोर्डले सेयर निष्काशनको अनुमति दिएको हो।  

पैसा नतिरेको कारणले नै रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन समेत काटेको छ। मंसिर मसान्तसम्म उक्त मिल्सको बक्यौता रकम १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ बक्यौता रहेको प्राधिकरणले उल्लेख गरेको छ। ट्रंकलाइन तथा डेडिकेटड फिडरबापतको शुल्क बक्यौता रहेको प्राधिकरणको भनाइ छ ...

समाचार स्रोत :