Follow us: Youtube Android App
सिक्टा सिँचाइ आयोजनामा २० अर्ब सकियो, भौतिक प्रगति ४० प्रतिशत मात्रै
११ माघ २०८०

काठमाडौं । बाँके जिल्लामा ८ वटा पालिकामा ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ पुर्‍याउने लक्ष्यसहित २०६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजनाले १८ वर्ष पुगिसक्दा पनि लक्ष्य अनुरुप प्रगति हासिल गर्न सकेको छैन ।

सुरुमा अनुमानित लागत १२ अर्ब ८० करोड रुपैयाँ तोकिएको यस आयोजनाको तीन पटक म्याद थप भइसकेको छ । अहिले यसको अनुमानित लागत ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याइएको छ । अन्तिम पटक २०७९ भदौ २६ गते म्याद थप गरेर सम्पन्न हुने मिति आर्थिक वर्ष (आव) २०८९/०९० सम्म पुर्‍याइएको छ । हालसम्म यस आयोजनामा २० अर्ब २४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

आयोजनाको पछिल्लो विवरण अनुसार अहिले २१ हजार २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । बाँकी २१ हजार ५६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन काम भइरहेको आयोजनाले जनाएको छ ...

समाचार स्रोत :