Follow us: Youtube Android App
रेडियो नेपालकाे सात दशकको यात्रा पूरा
२० चैत्र २०७७

काठमाडौँ । मुलुकको जेठो प्रसारण संस्था रेडियो प्रसार सेवा विकास समिति  ( रेडियो नेपाल ) ले आजदेखि सात दशकको लामो यात्रा पूरा गरेको छ । रेडियो नेपाल विसं २००७ चैत २० गते आजैका दिन प्रजातन्त्रको स्थापनाको पहिलो सन्देश बोकेर २५० वाटको सर्टवेभ ट्रान्समिटरबाट प्रसारणाम्भ गरिएको थियो । राजनीतिक परिवर्तनको आरोहअवरोह पार गर्दै झण्डै ५० वर्ष एक छत्र रेडियो सेवा दिए पनि विसं २०५४ मा अन्य एफएम स्टेसन स्थापना भएपछि भने प्रतिष्पर्धात्मक हुनुपर्ने चुनौती थपिएको थियो ।

हाल ६५० भन्दाबढी रेडियोसँग यसले खरो रुपमा प्रतिस्पर्धा गरिरहेको छ । यद्यपि सरकारद्वारा सञ्चालित रेडियो भएकाले कतिपय सीमा होलान् तर आवाजविहीनको आवाज बन्नुपर्नेमा दुई मत छैन । विसं २०७६र७७ को आर्थिक आर्थिक सर्वेक्षणअनुसार हाल रेडियोको पहुँच ८७ प्रतिशत जनातामा पुगिसकेको जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी रेडियोलाई गुणस्तरीय कार्यक्रम उत्पादन र संस्थागत विकास गर्दै सार्थक लोककल्याणकारी प्रसारण संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।

आफूलाई अन्य प्रसारणसंस्थासँग प्रतिस्पर्धी बनाउनु र समाचार तथा कार्यक्रम गुणस्तर बनाउँदै लैजानुपर्ने टड्कारो आवश्यकता रेडियो नेपाल सामु छ । यद्यपि अझै पनि दुर्गमका जनताका लागि रेडियो नेपाल पर्यायका रुपमा छ । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकलाई सम्मान गर्दै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा अन्य महत्वपूर्ण गतिविधिलाई आम नेपालीबीच पु¥याई राष्ट्रको सार्वभौमसत्ता तथा अखण्डतालाई अक्षुण राख्न सघाउ पु¥याउने खालका रेडियो कार्यक्रम प्रसारण गर्नेलगायत उद्देश्य राखेर रेडियो नेपाल स्थापना भएको रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१ बाट प्रष्ट हुन्छ ...

समाचार स्रोत :