Follow us: Youtube Android App
यसरी ध्वस्त पारियो अल जजिरा र एपीको अफिस, पत्रकारले १० मिनेट माग्दा पनि पाएनन्
३ जेठ २०७८

एघार तलाको थियो अल जलाला टावर। जसमा करिब ६० आवासीय अपार्टमेन्टका अलावा अल जजिरा मिडिया नेटवर्क र एसोसियट प्रेसको कार्यालय पनि थियो।

प्यालेस्टाइनी फ्रिलान्स पत्रकार युम्ना अल सइद त्यही भवनमा थिइन्। ६ दिनदेखि गाजामा लगातार बम बर्साइरहेको इजरायली सेनाले केही समयअघि मात्र इजरायली सेनाले टेलिफोनमार्फत एक घण्टाभित्र भवन खाली गर्न सूचना दिएको थियो।

अब अल सइदसँग त्यहाँबाट निस्किने समय आधा घण्टा पनि बाँकी थिएन। तर, भवनमा चल्ने एलिभेटर एउटा मात्र थियो। त्यसैले उनी सिँढीतर्फ दौडिन्।

‘बुढाबुढी र बालबच्चाका लागि एलिभेटर छाडिदियौँ,’ अल सइदले भनिन्, ‘अनि हामी सबै सिँढीबाट तल दौडियौँ। जजसले बालबच्चालाई बोक्न सक्थे, उनीहरुले बोकेर झरे। मैले पनि त्यहाँ बस्ने दुई बच्चालाई लिएर ओर्लिएँ। सबैजना हतारहतार दौडिरहेका थिए।’

अल जजिराका सफवात अल कहलाउले पनि हतारमा भवन छाड्नुपर्‍यो।

‘सकेजति व्यक्तिगत र अफिसको सामान– खासगरी क्यामराहरु बोक्यौँ र हामी दौडियौँ,’ उनी भन्छन्।

तर, इजरायली सेनाले दिएको एक घण्टाको समयले पुगेन।

‘मलाई थप १५ मिनेटको समय दिनुहोस्,’ एपीका एक पत्रकारले भवनबाहिरबाट फोनमा इजरायली गुप्तचर अधिकारीसँग बिन्ती बिसाए, ‘हामीसँग क्यामरासहित धेरै सरसामान छन्। ती सबै निकाल्न सक्छु म।’ ...

समाचार स्रोत :