Follow us: Youtube Android App
कोरोना संक्रमणबाट दाङका पत्रकार दामोदर अधिकारीको निधन
८ बैशाख २०७८

काठमाडौं । दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरसको संक्रमणबाट गएराति निधन भएको हो । अधिकारीलाई चैत्र २७ गते कोरोना पोजेटिभ देखिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा भर्ना भएर उपचार गराइरहनु भएका अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । काठमाडौंकाे करुणा अस्पतालमा उपचारका क्रममा गएराति उहाँको निधन भएको छ । अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गर्नु भएको थियो । हाल फरक पेशमा भएपनि पत्रकारिता क्षेत्रमा आवद्ध भने हुनुहुन्थ्यो ।

यसअघि दाङकै एक स्वास्थ्यकर्मीको पनि संक्रमणका कारण सोमबार निधन भएको थियो । २० वर्षीय अनिसा ओलीको उपचारका लागि अस्पताल चहार्दा चहार्दै निधन भएको थियो । अनिसा आफै स्वास्थ्यकर्मी पनि थिइन् । गत सालको महामारीमा कोरोना संक्रमितको उपचारमा लागेकी ओली अहिले आफै उपचार नपाएर ज्यान गुमाउन पुगिन् ...

 

समाचार स्रोत :